थान्सिङका किसानले मेसिनको सहायताले चैतेधान रोपे
नुवाकोट । नुवाकोट थान्सिङका किसानहरूले मेसिनको प्रयोगमार्फत चैतेधान रोपेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत खरिद अत्याधुनिक चारचक्के मेसिनबाट नुवाकोटको धान जोन अन्तर्गत रहेको लिखु गाउँपालिकाको थान्सिङ फाटको जमिनमा धान रोपाइँ गरिएको हो ।
मेसिनबाट रोप्ने धानको बीउमा माटो र समयको गुणस्तर मिलाउनुपर्ने हुँदा यस वर्ष नर्सरीमा राखिएको धानको बीउबाट परिक्षणस्वरुप रोपाईं गरिएको थान्सिङ कृषि सहकारीका नवराज थापाले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ नुवाकोटको ५० प्रतिशत अनुदानमा सहकारीले कुल २ लाख ४० हजारमा धान रोप्ने मेसिन गतवर्ष नै खरिद गरेको थियो ।
उचित बीउ ब्यवस्थापन नहुदा गतवर्ष मेसिनबाट धान रोपाइँ गर्न नसकिएतापनि यस वर्ष भने मिसिनबाट धान रोपाइँ सफल भएको थान्सिङ कृषि सहकारीका अध्यक्ष दिपक पन्तले विदुर खबरलाई जानकारी दिए । उनले भने ’गत वर्षहरूमा पनि थान्सिङका केही किसानका जमिनमा मेसिनबाट धान रोपाईं प्रयास गरिएको थियो । तर, यस वर्ष भने बिउ तयारी गर्दा नै मेसिनरी पद्धति अपनाइएकाले सहज भएको छ ।
खरिद गरिएको मेसिनले थान्सिङका तल्लो भेगका किसानलाई राहत पुग्ने स्थानीय नेता प्रकाश डंगोल बताउँछन् । विगतको मेसिनभन्दा यो मेसिन नुवाकोटका तल्लो भेगीय कृषकका लागि बढी व्यावहारिक देखिएको उनको भनाई रहेको छ । किसानले आफ्नो खेतमा आफैँ बीउ राख्न र मेसिन चलाउन सक्ने भएकाले मेसिनको प्रयोग जनस्तरसम्म पुग्न सक्ने उनको दाबी छ ।
रोपाइँ कार्यक्रममा प्रधानमन्त्री कृषि परियोजनाका वरिष्ठ कृषि अधिकृत होमनाथ लम्साल, कृषि अधिकृत शरण भुजेल, कृषि प्राबिधिक राजन डङ्गोल, भुवन तिमिल्सिना, ओभरसियर मधु न्यौपाने, नासु राजकुमार केसि लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया