वाग्मती प्रदेशमा कांग्रेसले सरकार बनाउन पहल नगर्ने
नुवाकोट । वाग्मती प्रदेशको ठूलो दल नेपाली कांग्रेसले तत्काल आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल नगर्ने भएको छ ।
मंगलबार हेटौंडास्थित प्रदेशसभा सचिवालयमा बसेको संसदीय दलको बैठकले विभिन्न निर्णय गरे पनि सरकार गठनको विषयमा ‘पर्ख र हेर’को नीति अवलम्बन गर्ने भएको हो । ‘हामी तत्काल सरकार गठनको नेतृत्व लिँदैनौं । केही समय प्रतीक्षा गर्छौं’, कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले भने । उनले अहिले सरकारको कोर्टमा बल रहेको कारण आफूहरु केही समय प्रतीक्षा गर्ने बताए ।
उनले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारले राजीनामा नदिएको र विश्वासको मत लिने तयारी गरिरहेको अवस्थामा कांग्रेसले सरकार बनाउने तयारी गर्दा हतारो हुने दाबी गरे ।
वाग्मतीमा संघीय गठबन्धनअनुसार प्रदेशमा हाल माओवादी केन्द्रका नेता जम्कट्टेल नेतृत्वको सरकार रहेको छ । केन्द्रीय गठबन्धन अनुसार माओवादी, एमाले र नेकपा एस मिल्दासमेत प्रदेश सरकार गठन हुने अवस्था छैन । सदनमा २ मत रहेको हाम्रो नेपाली पार्टी अहिले निर्णायक देखिएको छ ।
११० सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ५६ मत आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र नेकपा एसको ७ गरी कुल ५५ मत रहेको छ । अब सरकार गठन गर्न १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपाली पार्टीको समर्थन सरकारले जोगाइ राख्न माओवादीले कसरत गरिरहेको छ । प्रदेशसमा कांग्रेसको ३७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
कांग्रेस संसदीय दलको वैठकले आर्थिक वर्ष २०८०/०८१ को बजेट तथा योजना व्यवस्थापन गर्न वाग्मती प्रदेशसभाबाट गठन गरिएको विशेष समितिले मंगलबार सभामुख भुवन पाठकलाई बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरेको छ ।
बैठकले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न र संवैधानिक निकायमा नियुक्त नगर्न समेत आग्रह गरेको उपनेता चित्रकारले जानकारी दिए ।
बैठकले कांग्रेसले अब सदनमा प्रमुख प्रतिपक्षी दलको भूमिकामा प्रभावकारी रुपमा प्रस्तुत हुने र कांग्रेसका मन्त्रीहरुले सरकारबाट दिएको राजीनमा अनुमोदन गर्ने निर्णय गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया