वाग्मती प्रदेश सरकार अल्पमतमा
नुवाकोट । केन्द्रीय सत्ता गठबन्धन फेरिएसँगै माओवादी केन्द्र नेतृत्वको वाग्मती प्रदेश सरकार अल्पमतमा परेको छ ।
वाग्मतीमा माओवादी केन्द्र नेतृत्वको सरकारबाट बाहिरिएको कांग्रेसले समर्थन फिर्ता लिएको छ । समर्थन फिर्तासँगै अल्पमतमा परेको प्रदेशमा सरकार जोगाउने या नयाँ बनाउने भन्ने हिसाबकिताब भइरहेको छ ।
वाग्मती कांग्रेस संसदीय दलका नेता बहादुरसिं लामाले बुधबार मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर सामूहिक राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् । उनले लोकतान्त्रिक व्यवस्थामा सत्ता–प्रतिपक्ष हुनु स्वाभाविक प्रक्रिया रहेको बताए । कांग्रेसले समर्थन फिर्ता लिएसँगै सरकारबाट समेत बाहिरिएको छ ।
संघमा माओवादी केन्द्रसहितको गठबन्धन भत्किएपछि प्रदेश सरकारमा रहनु उचित नभएको भन्दै कांग्रेस मन्त्रीहरूले सामूहिक राजीनामा दिएका हुन् । जम्कट्टेल नेतृत्वको १२ सदस्यीय मन्त्रिपरिषद्मा कांग्रेसबाट ६ मन्त्री थिए ।
मुख्यमन्त्री जम्कट्टेलले गणितीय रूपमा आफू नेतृत्वको सरकार अप्ठेरो स्थितिमा रहेको बताएका छन् । बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कांग्रेसका मन्त्रीहरूको सामूहिक राजीनामा बुझ्दै मुख्यमन्त्री जम्कट्टेलले नयाँ गठबन्धनअनुसार सत्ता समीकरणको अप्ठेरो परिस्थितिमा रहेको स्विकारेका हुन् । ‘केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकार कुन दलको नेतृत्वमा बन्ने अझै टुंगिएको छैन,’ उनले भने ।
११० सदस्यीय प्रदेशसभामा सरकार गठन गर्न ५६ मत आवश्यक पर्छ । नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्रका २१ तथा एकीकृत समाजवादीका ७ गरी ५५ मत रहेका कारण बहुमत पुर्याउन १ मत अपुग छ । सत्ता गठबन्धनमा आबद्ध अन्य दल वाग्मती प्रदेशसभामा छैनन् । प्रदेशसभामा कांग्रेसका ३७, राप्रपाका १३, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया