तेस्रो एनयुएफसी कप फुटवलको उपाधि जेडि बोर्डिङलाई

विदुर खबर २०८० फागुन १९ गते १८:५८

नुवाकोट । बट्टारमा जारी स्वर्गीय धन लामा तामाङ स्मृति तेस्रो एनयुएफसी कप प्रतियोगिताको छात्रतर्फको उपाधि जेडि बोर्डिङ र छात्रातर्फको उपाधि भैरवी माविले हात पारेका छन् ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सम्पन्न भएको छात्रतर्फको फाईनल खेलमा जेडिले चन्द्रज्योती माविलाई २–१ गतेल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।

जेडिलाई उपाधि दिलाउन सम्राट तामाङ र समिर रिमालले एक÷एक गोल गरे । यस्तै चन्द्रज्योतिका तर्फबाट सन्दिप तामाङले एक गोल फर्काएका थिए । जेडिले अतिरित्त समयको दोस्रो मिनेटमा गोल गर्दै उपाधि पक्का गरेको थियो ।

Advertisement

यसअघि शनिवार भएको छात्रातर्फको फाईनलमा पन्चमिलन कलादेवि माविलाई पराजित गरि भैरवी माविले उपाधि उचालेको हो ।
भैरवीले पन्चमिलन कलादेवि माविलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा जमाएको हो ।

भैरवीलाई जित दिलाउन म्यान अफ दि म्याच रकिशा डंगोलले दुबै गोल गरिन् । प्रतियोगितामा छात्रातर्फ विजेता भएको भैरवीले १५ हजार रुपैयाँ र र उपविजेताले पन्चमिलन कलादेवि माविले ७ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

Advertisement

यस्तै छात्रतर्फको विजेता जेडिले ३० हजार रुपैयाँ तथा उपविजेता चन्द्रज्योतिले १५ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतियोगिताको मुख्य प्रायोजकमा अन्नपुर्ण निर्माण सेवा प्रालि रहेको थियो ।

प्रतिक्रिया