सूर्यगढी गाउँपालिकाको प्रशासकिय भवन बन्ने पक्का

विदुर खबर २०८० फागुन १५ गते २०:३६

नुवाकोट । नुवाकोटको सूर्यगढी गाउँपालिकाको प्रशासकिय भवन बन्ने पक्का भएको छ ।

Advertisement

नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले ६ रोपनी बनको जग्गा उपलब्ध गराउन बन मन्त्रालयमार्फत् अनुमती दिएसँगै गाउँपालिकाको भवन बन्ने पक्का भएको हो ।

सूर्यगढी गाउँपालिकाले जग्गा उपलब्ध नहुँदा पालिकाको प्रशासकिय भवन निर्माण गर्न सकेको थिएन । गाउँपालिका अध्यक्ष सन्तवहादुर घले लगायतको लामो समयको प्रयासपछि सूर्यगढी गाउँपालिका वडा नं. ३ को तिनथुम्कीमा ६ रोपनी जग्गा प्राप्त गरेको छ ।

Advertisement

गाउँपालिकाले भवन निर्माणको लागि आर्थिक वर्ष २०८०÷८१ को नीति कार्यक्रमबाट १ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । भवनको डिपिआर समेत तयार भइसकेको पालिकाले जानकारी दिएको छ । अहिलेको बजेटबाट जग्गा सम्याउनुका साथै ठेक्का खोलेर भवन निर्माण गर्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष घलेले विदुर खवरलाई जानकारी दिए ।

गाउँपालिकाले जग्गा प्राप्ति गरे पनि डिभिजन बन कार्यालय नुवाकोटसँग समन्वय गरेर काटिएको रुखको एक बराबर अन्यत्र १० बिरुवा लगाउनु पर्ने हुन्छ । केही व्यक्तिको जग्गा मिलाएर भवन निर्माणको कार्य सुरु गरिने गाउँपालिका अध्यक्ष सन्त बहादुर घलेले बताए ।

Advertisement

पालिकाको भवन बनाउन जग्गा प्राप्ति भएपछि सूर्यगढी गाउँपालिकाको स्थायी कार्यालय बन्ने भएपछि स्थानियहरुमा समेत खुशी छाएको छ ।

प्रतिक्रिया