विश्वकप लिग–२ : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

विदुर खबर २०८० फागुन १३ गते ८:४१

नुवाकोट । नेपालले आज आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको सिरिजको अन्तिम खेलमा आज नेदरल्यान्ड्ससँग खेल्दै छ।

Advertisement

कीर्तिपुर मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान साढे ९ बजेदेखि सुरु हुने छ। सिरिजमा ४ मध्ये ३ खेलमा जित हात पारेको नामिबिया ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यसै गरी नेदरल्यान्ड्सको ३ खेलमा २ अङ्क रहेको छ भने नेपालको पनि ३ खेलमा २ अङ्क नै छ। तर नेपाल रन रेटको आधारमा दोस्रो स्थानमा छ।

नेपाल र नेदरल्यान्ड्सबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन्। जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ। नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो।

Advertisement

लिग–२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।

आईसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन्।

Advertisement

प्रतिक्रिया