लाङटाङ पदमार्गमा पर्यटक आगमन शुरु
ज्ञानेन्द्र न्यौपाने रसुवा असोज १२, हिमाली पदयात्राका लागि लाङटाङ तथा गोसाइँकुण्ड क्षेत्रमा पर्यटकको आगमन शुरु भएको छ ।
लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार विभिन्न देशबाट हिमाली पदयात्रामा फाटफुट रुपमा आउने गरे तापनि शरद् ऋतुको आगमनसँगै हिमाली क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको हो । पर्यटक आगमन हेलम्बु, सुन्दरीजल तथा धुञ्चेतर्फबाट लाङटाङ तथा गोसाइँकुण्डको भ्रमण हुने गरेको र पर्यटकलाई खानेबस्ने सुविधाका लागि ठाउँठाउँमा होटल तथा लज सञ्चालन भएको, हिमाली क्षेत्र चिसोपन बढ्दै गएकाले तातोखाले शय्या व्यवस्थापनका साथै आवश्यक खाद्यान्नसमेत भण्डारण भइसकेको होटल व्यवस्थापन गोसाइँकुण्ड पदमार्ग उपसमितिले जनाएको छ ।
गत वर्ष सोही अवधिमा करीब तीन हजार पर्यटकको आगमन भएको थियो । यस वर्ष भारी वर्षा र सडकमार्ग अवरुद्ध भरहँदा एक हजार २०० हाराहारीमा पर्यटकको आगमन भएको छ । अब यस क्षेत्रमा गत हप्तादेखि वर्षा हटिसकेको र सडकमार्ग सहज रुपले पुनःसञ्चालन भइसकेका कारण अबका दिनमा दैनिक सयभन्दा बढी पर्यटकको आगमन हुने प्रक्षेपण गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनाष थापा मगरले बताउनुभयो । चालु आर्थिक वर्षमा भने पर्यटकको आगमनबाट ३० लाखभन्दा बढी प्रवेश शुल्कवापतको राजस्व दाखिला भइसकेको बताइएको छ । पर्यटक हिँड्ने पैदलमार्गसमेत वर्षायामको झारपात सफा गर्ने काम सम्पन्न भइसकेकाले घरबासका व्यवसायी पर्यटकको प्रतीक्षारत रहेको गतलाङ पाल्दोर पिक युवा क्लबका अध्यक्ष फुर्पु तामाङले जानकारी दिनुभयो ।
रसुवा जिल्लाको धुञ्चेबाट गोसाइँकुण्ड र स्याफ्रुबेंसीबाट गतलाङ एवं अर्काे बाटो लाङटाङतर्फको पदयात्रा शुरु हुने र साढे दुई दिनमा पर्यटक उचाइको गन्तव्यमा पुग्ने गरेको पथप्रदर्शकको भनाइ छ । लाङटाङ पदयात्रामा सबभन्दा उचाइमा पर्ने संसारको सुन्दरतम स्थानमध्येको क्याञ्जिन उपत्यका तीन हजार ९०० मिटर उचाइमा पर्छ । मानव बस्ती नजीक पर्ने नेपालकै लामो हिमनदी यही क्षेत्रमा पर्छ । गत वर्ष १३ हजार ७८९ पर्यटकको आगमन भएको थियो । इजरायल फ्रान्स, जर्मनी, स्वीट्जरल्याण्ड, दक्षिण कोरिया, मलेसिया, अमेरिका, बेलायत, अष्टे«लिया, नेदरल्याण्डसलगायत ३० भन्दा बढी देशका नागरिकको आगमन भएको निकुञ्जले जनाएको छ ।
हिमाली क्षेत्रको भ्रमणमा गएका पर्यटकलाई समस्या आएमा तत्काल उद्धारका लागि मागबमोजिम हेलिकोप्टर उडाई तुरुन्तै राजधानी पु¥याउन हेलिकोप्टर कम्पनी तयार रहेको अल्टिच्युड एयरका प्रबन्धक सोभित गौचनले बताउनुभयो । स्थानीय खाना तथगा उकालीओराली, भञ्ज्याङ, चौतारी, कुण्ड, ताल र झरना यहाँका विशेषता हुन् । धुञ्चेबाट चन्दनबारी,लौरीविनायक हुँदै गोसाइँकुण्ड पुगिन्छ भने लाङटाङ पदमार्गका लागि स्याफ्रुबेंसीबाट एउटा खोलाको तीरैतीर अर्को खामजिङतर्फको मार्ग छन् । स्याफ्रुबेंसीबाट गोल्जुङ, गतलाङ, पार्वतीकुण्ड, थाम्बुचेत, तातोपानी, नागथली, थुमन, टिमुरे हुँदै बृद्धिम घरबाससम्म तामाङ सम्पदा मार्ग तय भएको छ । यी मार्गबारे क्रमशः प्रचारप्रसार हुन थालेकाले पर्यटकको ओहोरदोहोर हुन थालेको रसुवा नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम (दुर्गानाथ) न्यौपाने ले जानकारी दिनुभयो ।
(रासस)
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया