नुवाकोटको ताकेश्वर गाउँपालिकाले गरेको शिक्षक सरुवा सदर

विदुर खबर २०८० फागुन २ गते २०:४८

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले गरेको शिक्षक सरुवा सदर भएको छ ।

Advertisement

मंगलवार उच्च अदालत पाटनले रिट खारेज गर्दै गाउँपालिकाले गरेको शिक्षक सरुवा सदर गरेको हो । तारकेश्वर गाउँपालिकाले गत भदौ १८ गते शिक्षकहरुको सरुवा गरेको थियो ।

गाउँ शिक्षा समितिको ०८०÷०४÷२६ को निर्णय र गाउँ कार्यपालिकाको श्रावण ३० गते को निर्णय अनुसार भनी गरिएको काज सरुवा बिरुद्ध उच्च अदालत पाटनमा परेको रिटमा न्यायधिश ऋषिराम दवाडी र कैलास सुवेदीको संयुत्त इनलासले गाउँ पालिकाले गरेको निर्णय कानुनसम्मत भएको भन्दै रिट खारेज गरेको हो ।

Advertisement

रिट खारेज भएसँगै गाउँपालिका अध्यक्ष शिव अधिकारीले गाउँपालिकाले निर्णय गरे अनुसार कार्यान्वयनमा ढिलाई नगर्न शिक्षकहरुलाई निर्देशन दिएका छन् ।

उनले पालिकाले खटाएकै विद्यालयमा तत्काल हाजिर भएर काम गर्न समेत सबै शिक्षकहरुलाई आग्रह गरेका छन् ।

Advertisement

गाउँपालिकाको निर्णयविरुद गोविन्द प्रसाद नेपाल, कृष्णश्याम नेपाल लगायतले उच्च अदालत पाटनमा मुद्धा हालेका थिए ।

प्रतिक्रिया