नुवाकोटमा राष्ट्रियस्तरको खुल्ला व्याडमिन्टन प्रतियोगिता हुने

विदुर खबर २०८० माघ २५ गते २०:४८

नुवाकोट । नुवाकोटमा आगामी फागुन ५ गतेदेखि ७ गतेसम्म राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

Advertisement

नुवाकोट खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता नाम दिइएको प्रतियोगिता विदुर नगरपालिका वडा नम्बर ९ को कोलनीमा हुने बताइएको छ ।
कोलनी व्याडमिन्टन गु्रपको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा देशभर रहेका पुरुष ब्याडमिन्टन खेलाडीहरुले नाम दर्ता गराउन सक्ने कोलनी व्याडमिन्टन गु्रपका संयोजक शनि चित्रकारले विदुर खबरलाई जानकारी दिए । जिल्लामा व्याडमिन्टन खेलको विकासको लागि प्रतियोगिता आयोजना गर्न लागेको उनले बताए ।

विदुर ९ को कोलनी व्याडमिन्टन हलमा हुने प्रतियोगिता पुरुष डबल खुल्ला र जिल्लास्तरीय गरि दुई समुहमा संचालन गरिनेछ । प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फको विजेताले ५० हजार रुपैयाँ पाउने छ भने दोस्रो हुनेल नगद २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ हात पार्नेछन् ।

Advertisement

यस्तै जिल्लास्तरीय पुरुषतर्फ प्रथम हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले ५ हजार रुपैयाँ र तेस्रो हुनेले ३ हजार हात पार्नेछन् ।
प्रतियोगिताको लागि नाम दर्ता खुल्ला गरिएको नुवाकोट व्याडमिन्टन संघका उपाध्यक्ष श्रीराम तामाङले बताए । प्रतियोगितामा सहभागिताको लागि जोडीको दुई हजार रुपैयाँ लाग्ने उनको भनाई छ ।

प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई आयोजकले जर्सी समेत दिने बताइएको छ । प्रतियोगितालाई सुजिम बजारले मुख्य प्रायोजन गर्ने आयोकले जनाएको छ । प्रतियोगितामा ५ लाख रुपैयाँ खर्च हुने आयोजकले अनुमान गरेको छ ।

Advertisement

प्रतिक्रिया