विदुर मेयर कप फुटवल : विदुर नगरपालिका फाईनल प्रवेश

विदुर खबर २०८० माघ २० गते १६:५५

नुवाकोट । विदुर नगरपालिका नुवाकोट बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिताको फाईनल प्रवेश गरेको छ ।

Advertisement

आज भएको दोस्रो सेमिफाईनलमा शिवपुरी गाउँपालिकालाई ४–२ गोल अन्तरले पराजित गर्दे विदुर नगरपालिका उपाधि नजिक पुगेको हो ।

विदुरले उपाधिको लागि आईतवार म्यागङ गाउँपालिकासँग प्रतिष्पर्धा गर्ने छ । यसअघि शनिवार भएको पहलिो सेमिफाईनलमा सुर्यगढी गाउँपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको हो ।

Advertisement

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा नुवाकोटको दुई नगरपालिकासहित १० ओटा स्थानिय तहको सहभागिता रहेको थियो ।

Advertisement

प्रतिक्रिया