विदुर मेयर कप फुटवल : सेमिफाइनल प्रवेशको लागि शिवपुरी मैदानमा उत्रदै

विदुर खबर २०८० माघ १७ गते ९:४०

नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज पनि दुई खेल हुँदै छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा आज समुह वि मा रहेका शिवपुरी गाउँपालिका र बेलकोटगढी नगरपालिकाविच सेमिफाइनल प्रवेशको लागि भिडन्त हुँदै छ ।

पहिलो खेलमा किस्पाङ गाउँपालिकालाई हराएर जितको शुरुवात गरेको शिवपुरी आज पनि जितको लागि मैदानमा उत्रदैछ । सेमिफाइनल प्रवेशको लागि शिवपुरीलाई वरावरीनै पर्याप्त हुने छ ।

Advertisement

यस्तै पहिलो खेलमा किस्पाङ वरावरी खेलेको बेलकोटगढीलाई सेमिफाइनल प्रवेशको लागि जित्नै पर्ने दवाव छ । समुह बि मा एक खेल खेलेको शिवपुरी तीन अंकका साथ पहिलो स्थानमा छ भने बेलकोटगढी नगरपालिका एक अंकका साथ दोस्रो स्थानमा छ ।

त्यस्तै दुई खेलबाट एक अंक जोडेको किस्पाङ प्रतियोगिताबाट वाहिरिएको छ ।

Advertisement

प्रतिक्रिया