विदुर मेयर कप फुटवल : आज पनि दुई खेल हुँदै

विदुर खबर २०८० माघ १६ गते ११:०६

नुवाकोट । नुवाकोटको बट्टारमा जारी विदुर मेयर कप फुटवल प्रतियोगिता अन्र्तगत आज सम्ुह ए अन्र्तगत दुई खेल हुँदै छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा हुने पहिलो खेलमा सुर्यगढी गाउँपालिका र ककनी गाउँपालिकाबीच प्रतिष्पर्धा हुँदै छ । पहिलो खेलमा तारकेश्वर गाउँपालिकासँग वरावरी खेलेको सुर्यगढी गाउँपालिका आज जित हात पादै सेमिफाइनल प्रवेश गर्न चाहान्छ भने भने ककनी गाउँपालिका पहिलो खेलमा लिखु गाउँपालिकासँग पराजित भएको थियो ।

प्रतियोगिताको अघिल्लो चरण प्रवेशको लागि आज दुबै टोलीलाई जित्नुपर्ने दबाव छ । खेल मध्यान्न १२ बजे नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदानमा हुने छ ।

Advertisement

यस्तै आजै हुने दोस्रो खेलमा लिखु गाउँपालिका र तारकेश्वर गाउँपालिकावीच प्रतिष्पर्धा हुने छ । पहिलो खेलमा ककनी गाउँपालिकालाई पराजित गरेको लिखु गाउँपालिका आज पनि सोही लय समात्दै मैदानमा उत्रिनेछ भने तारकेश्वर गाउँपालिका पनि उच्च मनोवलका साथमैदानमा उत्रदैछ ।

तारकेश्वर गाउँपालिकाले पहिलो खेलमा सुर्यगढीसँग गोलरहित वरावरी खेलेको थियो । प्रतियोगितामा पहिलो खेल खेल्दै छ । समुह सि मा म्यागङ गाउँपालिका ३ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

Advertisement

समुह ए मा रहेका टिममध्ये तीन अंकको साथ लिखु गाउँपालिका पहिलो स्थानमा छ भने समान एक÷एक अंकका साथ तारकेश्वर र सुर्यगढी गाउँपालिका दोस्रो र तेस्रो स्थानमा छन् । ककनी गाउँपालिकाले भने कुनैपनि अंक जोड्न सकेको छैन ।

प्रतियोगिताको बिजेताले ४ लाख ४ हजार ४ सय ४४ रुपैयाँ र उपबिजेताले २ लाख २ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने आयोकजक विदुर नगरपालिकाले जनाएको छ ।

प्रतियोगितामा नुवाकोटका दुई नगरपालिका र ८ गाउँपालिकासहित १० टोलिले सहभागिता जनाएका छन् । प्रतियोगिता यहि माघ २० गतेसम्म संचालन हुने छ ।

प्रतिक्रिया