आजदेखि कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु
विदुर खबर
२०८० माघ १६ गते ८:४६
नुवाकोट । आजदेखि नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान सुरु भएको छ ।
शहीद दिवसको अवसर पारेर कांग्रेसले आजदेखि औपचारिक रुपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने कांग्रेसले जनाएको छ ।
२६ गतेसम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्नेछन् । तर, औपचारिक कार्यक्रम भने हुनेछैनन् । अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरु खटाइएको छ ।
यसअघि एक महिनाका लागि तय भएको कार्यक्रम राष्ट्रिय सभा निर्वाचनका कारण कांग्रेसले छोट्याएको हो । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया