नुवाकोट महोत्सवको तयारी तिव्र
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ विदुरमा हुन लागेको आठौँ महोत्सवको तयारीमा नुवाकोट उद्योग वाणिज्य सङ्घ दु्रत गतिमा जुटिरहेको छ ।
सङ्घले महोत्सवको तयारी तीव रूपमा अगाडि बढाएको जनाएको छ । सङ्घले ०६३ देखि स्थानीय उत्पादनलाई पाथमिकता दिन स्थानीयले माग गरेअनसार महोत्सवमा निःशुल्कु स्टल उपलब्ध गराएको थियो । यही माघ २६ देखि फागुन ७ गतेसम्म हन लागेको महोत्सवमा पनि स्थानीय लघु घरेलु तथा कृषि उत्पादनको प्रदर्शनीका लागि निःशुल्क स्टलको व्यवस्था गरेको छ ।
स्थानीय लघु, घरेल तथा कृषि उत्पादनको बजारीकरण र पवद्र्धन मुख्य उद्देश्य रहेको आयोजक उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा विदुर नगरपालिकासहित जिल्लाको १२ वटै पालिकाका विभिन्न स्थानमा रहेका स्थानीय उत्पादनको खोजी र पहिचान गरेर महोत्सवमा ल्याउन पालिकासँग समन्वय र सहकार्य गरिरहेको सङ्घका अध्यक्ष राजेन्द श्रेष्ठले विदुर खबरलाई जानकारी दिए ।
महोत्सवमा स्थानीय कृषि उत्पादनसँगै हस्तकलाका सामगीका लागि निःशुल्क स्टल उपलब्ध गराएर आउन पेरित गरिएको समेत उनले बताए । त्यस्तै स्थानीय उद्योगले उत्पादन गरेका अन्य औद्योगिक सामगीका लागि स्टल शुल्कमा ३० पतिशत छुटको व्यवस्थासमेत गरेको छ । गाउँ–गाउँमा भएका उत्पादनको विवरण सङ्कलन गर्ने काम भइरहेको कृषि पदर्शनी व्यवस्थापन समितिका संयोजक तथा सङ्घका प्रथम उपाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनले स्थानीय कृषि सहकारी तथा हस्तकला उत्पादक सम्पर्कमा आइरहेको बताए । जिल्ला कृषि ज्ञान केन्द्र, घरेलु विकास कार्यालय, जिल्ला लघ उद्यमी सङ्घ र जिल्लाका विभिन्न पालिकाबीचको समन्वयमा स्थानीय उत्पादन र कृषि उपजका प्रदर्शनीको व्यवस्था मिलाइएको छ । महोत्सवमा कृषि ज्ञान केन्द्र र पशु अस्पताल तथा विज्ञ केन्दले स्थानीय रैथाने कृषि उत्पादन र पशपक्षीको प्रदर्शनी गर्ने तयारी गरिरहेका छन् ।
मत्स्य अनसन्धान केन्द त्रिशूलीले नुवाकोटमै अनुसन्धान गरी सफल भएको रेन्बो ट्राउट माछा, रङ्गीन माछासहित जिल्लामा पाइने स्थानीय जातका माछाको पदर्शनी र महोत्सवका आगन्तकलाई परामर्श दिने तयारीमा रहेको केन्द्रका प्रमुख ईश्वरीसिंह महतोले जानकारी दिए ।
महोत्सवको स्टल बनाउने कार्य सरुु भइसकेको छ । स्टल बनाउन आवश्यक सामगी र प्राविधिक जनशक्ति ठेकेदारले ल्याइसकेको छ । स्टल व्यवस्थापन समितिका संयोजक एवम् सङ्घ रहेको उपाध्यक्ष सविन राजभण्डारीले दिएको जानकारीअनसार माघ २२ गतेभित्र स्टल निर्माण भइसक्नेछ । महोत्सवलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन सङ्घले २९ वटा उपसमिति बनाएर जिम्मेवारी बाँडफाँट गरी परिचालन गरिरहेको छ ।
महोत्सव अवधिभरका लागि जिल्लाबाहिरका लोकदोहोरी, आधुनिक गीतलगायत हास्यविधाका कलाकारसँग सम्झौता भइसकेको कलाकार समन्वय समितिका संयोजक एवम् सङ्घका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेतीले बताए । महोत्सवको प्रचार–प्रसार विभिन्न माध्यमबाट तीव्र रूपले भइरहेको सङ्घका महासचिव उपेन्द्र बढाथोकीले जानकारी दिए ।
महोत्सवको तुल–ब्यानर जिल्लाभरि राख्ने काम भइसकेको, विदुर, बट्टारमा स्वागत गेट बनाइसकेको, माघ २० देखि जिल्लाभर महोत्सवको जानकारी दिने गरी माइकिङ गरिने उनको भनाइ छ ।
विगतको भन्दा मितव्ययी ढङ्गले महोत्सव सम्पन्न गर्ने तयारीमा सङ्घ रहेको छ । महोत्सवमा लगभग एक करोड आम्दानी र एक करोड नै खर्च गर्ने योजना बनाएर सङ्घ क्रियाशील भइरहेको सङ्घका कोषाध्यक्ष एवम् महोत्सवको प्रायोजक÷प्रवद्र्धक व्यवस्थापन समितिका संयोजक मेघनाथ घिमिरेले जानकारी दिए ।
महोत्सवको प्रायोजक/सहप्रायोजकसँग सम्झौता भइसकेको र प्रवेश टिकटको डिजाइन भई छपाइको अन्तिम चणमा पुगेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया