दसैं नजिकिएसँगै रसुवाका अधिकांश ग्रामीण सडकको निर्माण सुरु

रसुवा- वर्षाका कारण अवरुद्ध रसुवाका अधिकांश ग्रामीण सडक मर्मत सुरु गरिएको छ।
नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै जिल्लाका पाँचवटै स्थानीय तहका ग्रामीण सडक मर्मत सुरु गरिएको हो। वर्षायाममा बाढी पहिरोका कारण अवरुद्ध सडकहरु मर्मतको अभावमा यातायात नियमित सञ्चालनमा आउन सकेका थिएनन्। चाडपर्वका समयमा यात्रुलाई आवतजावत गर्न तथा सामान ढुवानी गर्न सहज बनाउनका लागि बिग्रिएका सडकहरुको मर्मत थालिएको जिल्लाका ५ वटै स्थानिय तहले बताएका छन्।
गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङका अनुसार वर्षाले अवरुद्ध बृद्धिम, खाम्जिङ र थुमनका ग्रामीण सडक निर्माण सुरु गरिएको हो। दसैंअगावै मर्मत सक्नेगरी काम भइरहेको गाउँपालिकाका अध्यक्ष तामाङले बताए। त्यस्तै कालिका गाउँपालिकाका अध्यक्ष सीता अधिकारीका अनुसार गाउँपालिकाको वडा नम्बर १ स्थित पलेप ग्राङ, धुसेनी रुप्सेपानी जिवजिबे हुँदै ज्याङलाङ पुग्ने ग्रामीण सडकको मर्मत सकिएको छ। त्यस्तै वडा नम्बर ३ को तारुके, वडा नम्बर ५ को धारापानी हुँदै भदौरेसम्म पुग्ने बाटोको मर्मत थालिएको छ। अबको १० दिनभित्र अवरुद्ध सडक सञ्चालनमा आउने अधिकारीको भनाइ छ।
नौकुण्ड गाउँपालिकामा भने अवरुद्ध सडक सुचारु गर्न टेन्डर आह्वान गरिएको र १३ गतेबाट सडक सुचारु गर्ने गरी कार्य अघि बढाएको गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले बताइन्। जिल्लाको आमाछोदिङमो गाउँपालिकामा भने केहि दिनपछि मात्र काम सुरु हुने गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए। ‘अवरुद्ध सडक सुचारु गर्न डोजर नहुँदा समस्या भएको छ,’ उनले भने।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटमा कांग्रेसको बृहत् राष्ट्रिय भेलाबारे छलफल तथा अन्तरक्रिया सम्पन्न
घ्याङस्वाराको अर्ग्यानिक चियाको मूल्य ६ हजार
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने





प्रतिक्रिया