काभ्रेमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार
नुवाकोट । काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ७ शिखरपुरको झाडीमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ ।
भाडामा बस्दै आएकी १९ वर्षीया युवतीलाई सोही स्थानमा डेरा गरी बस्ने युवाहरुले गत पुस २७ गते साँझको समयमा बलात्कार गरेकाे प्रहरीको दाबी छ । युवतीलाई बलात्कार गरेको अभियोगमा चार युवालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर ताप्ली गाउँपालिका वडा नम्बर ८ घर भई पाँचखाल वडा नम्बर ७ भाडामा बस्दै आएका २८ वर्षीय धिरज हमाल, भोजपुर षडानन्द गाउँपालिका वडा नम्बर ८ घर भई सोही स्थानमा बस्दै आएका घनश्याम श्रेष्ठ, धनकुटा जिल्ला महालक्ष्मी नगरपालिका वडा नम्बर ४ घर भई पाँचखाल ७ बस्ने १९ वर्षका अमर विक र सोही स्थानमा काम गरी बस्ने १७ वर्षीय बालक छन् ।
चार जनाले जंगलमा लगेर मुख थुनेर संयुक्त रुपमा जबर्जस्ती करणी गरेको पीडितले बताएकी छिन् । बलात्कार पछि आत्महत्याको प्रयास गरेकी युवतीलाई स्थानीयको सहयोगमा पाँचखाल प्रहरी चौकीले उद्धार गरेको थियो ।
प्रहरीले उद्धार गरेपछि उनले आफू बलात्कारमा परेको र पीडा सहन नसकेर आत्महत्याको प्रयास गरेको बताएको जिल्ला प्रहरी कार्यालयका प्रमुख भाग्यन्द्र पुरुष ढकालले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई ७ दिनको म्याद थपेर अनुसन्धान भइरहेको पनि उनले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग
प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले आज शपथ लिँदै





प्रतिक्रिया