दोलखाको कालिञ्चोकमा हिमपात

विदुर खबर २०८० माघ २ गते २१:०४

नुवाकोट ।  दोलखाको कालिञ्चोकमा यो वर्ष पहिलो पटक मंगलवार दिउँसो केही समय हिमपात भएको छ ।

Advertisement

माघ महिनाको दोस्रो दिनबाट हिमपात सुरु भएपछि कालिञ्चोकका होटल व्यवसायीहरु खुसी भएका छन् । गत वर्ष फागुनमा मात्र हिमपात सुरु भएको थियो कालिञ्चोक कुरीका सुनपाती होटलका सञ्चालक एवं पर्यटन व्यवसायी हरि ओलीले भने– यो वर्ष माघको सुरुबाटै हिमपात भएकाले पर्यटन आगमनमा बृद्धि हुने अपेक्षा गर्न सकिन्छ ।

तीन हजार आठ सय ४२ मिटर उँचाईमा रहेको कालिञ्चोकमा मंगलवार दिउँसो करिब एक बजेबाट हिमपात सुरु भएको थियो । आधा घण्टासम्म भएको हिमपातका कारण कालिञ्चोक मन्दिर लगायत आसपासका पहाड र कुरी बजार समेत सेताम्मे भएको स्थानीयले बताए ।

Advertisement

यो वर्ष पुष देखिनै कालिञ्चोकमा पर्यटकको आगमनमा वृद्धि भएको र हिमपातले कालिञ्चोकमा पुगेका पर्यटक खुसी देखिएको पर्यटन व्यवसायी ओलीले बताए ।

त्यसैगरी दोलखाकै अर्को महत्त्वपूर्ण पर्यटकीय गन्तव्य शैलुङमा पनि हिमपात भएको स्थानीयले बताएका छन् । पछिल्लो समय शैलुङमा स्वदेशी तथा विदेशी पर्यटकको संख्यामा निक्कै वृद्धि भएको शैलुङ क्षेत्रमा हिमपात पछि यो संख्या अझ बढ्ने स्थानीय व्यवसायीहरु बताउँछन्।

Advertisement

 

प्रतिक्रिया