दुईपिपल महिला साना किसानको अध्यक्षमा पवित्रा घिमिरे
नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ६ मा रहेको श्री दुइपिपल महिला सानाकिसानको सहकारीको अध्यक्षमा पवित्रा घिमिरे चयन भएकी छिन् ।
सहकारीको शुक्रवार भएको १० औं बार्षिक साधारणसभा तथा तेस्रो अधिबेशनले घिमिरेको नेतृत्वमा ९ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको गरेको हो ।
संचालक समितिको उपाध्यक्ष्मा पार्वती घिमिरे चयन भएकी छिन् भने सदस्यहरुमा सान्नानि अधिकारी नेपाल , सीता गजुरेल, पार्वती सुवेदी, दिलमाया श्रेष्ठ, पार्वती तामाङ, गोमा नेपाल र सीता भुजेल रहेका छन् ।
त्यस्तै लेखा समितिको संयोजकमा अनिशा तामाङ र सदस्यहरुमा शान्ता नेपाल तथा मालति पौडेल रहेका छन् ।
यसैविच श्री दुइपिपल महिला सानाकिसानको सहकारी संस्थाको नबनिर्मित भवनको समुद्धघाटन गरिएको छ । नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठक र बेलकोटगढी नगरपालिकाका उप प्रमुख शिवप्रसाद दाहालले भवनको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा जिल्ला सहकारी संघ नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपाने, बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन भुजेले, वडा नम्बर ६ का वडाध्यक्ष अम्बिका तामाङ, कल्लेरी सानाकिसानका मुख्य प्रबन्धक ज्ञान प्रसाद खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सफल कृषक व्यावसायी, एक लाख सेयर खरिद गर्ने सदस्यहरु, उत्कृष्ट ब्यक्तिगत बचतकर्ताहरु, बाल बचत, समुह बचत, अन्तर समूह बचत र जग्गा दाताहरुलाई सम्मान गरिएको थियो ।
गत आर्थिक वर्षको अन्तसम्ममा सहकारीले ५८ लाख ४६ हजार ६ सय एक रुपैयाँ नाफा कमाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देशका केही स्थानमा भारी वर्षाको सम्भावना
प्रवासी नेपाली मञ्च यूएईको अध्यक्षमा नुवाकोटका भण्डारी चयन
देउवाले शंशाक कोइराला नेतृत्वको भेलालाई सम्बोधन गर्ने
माथिल्लो मैलुङ खोला जलविद्युत ११ करोड १२ लाख नाफा कमायाे
वेवारिसे अवस्थामा फेला परेका मिजारको वडाध्यक्ष न्यौपानेद्धारा उद्धार





प्रतिक्रिया