विदुर ५ मा १३ सय जनाको राष्ट्रिय परिचय पत्रको विवरण संकलन गरियो
विदुर खबर
२०८० पुष १३ गते २१:०७
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ मा रााष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्नै काम सम्पन्न भएको छ ।
दुईसाता अघिदेखि सुचारु भएको विवरण संकलन गर्ने काम शुक्रवारदेखि सम्पन्न भएको वडाध्यक्ष लिनानाथ न्यौपानेले जानकारी दिए । उनले झण्डै दुई सातामा झण्डै १३ सय जनाको विवरण संकलन गरेको बताए ।
विदुर नगरपालिकाको अन्य वडाको तुलनामा बढी जनसंख्या भएको कारण झण्डै दुई साता वडामा विवरण संकलन गरिएको उनले बताए । विवरणको लागि पहिलो प्राथमिकता वृद्धवृद्धा र अपाङ्गता भएका व्यक्तिहरुलाई दिएको वडाअध्यक्ष न्यौपानेले जानकारी दिए ।
विदुर नगरपालिका वडा नम्बर ५ रााष्ट्रिय परिचय पत्रको विवरण संकलनको लागि ३ जना खटिएका थिए ।
उनीहरुले दैनिक एकसय जनाको विवरण संकलन गरेको वडासचिव शिवहरि गजुरेलले विदुर खबरलाई जानकारी दिए ।
Advertisement

सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया