विदुर ५ मा राष्ट्रिय परिचय पत्र बनाउनेको भिड लाग्यो
नुवाकोट । घर–जग्गा किनवेचदेखि सामाजिक सुरक्षा भत्ता लिन तथा बैकिङ्ग कारोबारमा समेत राष्ट्रिय परिचय पत्रको नम्बर कार्यान्वयनमा ल्याउने सूचना सार्वजनिक भएसंगै विदुर नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयमा रााष्ट्रिय परिचय पत्र बनाउनेको भिड लागेको छ ।
वडा कार्यालयमा आईतवारदेखि दर्ता अभियान संकलन गर्दा शनिवारसम्म नै राष्ट्रिय परिचयपत्र बनाउनेको अत्यधिक लाग्न थालेको विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले जानकारी दिए ।
उनले वडा कार्यालयले रााष्ट्रिय परिचय पत्रको लागि संकलकहरु घरदैलोमा आएकोले पहिलो प्राथमिकता वुद्धवृद्धा र अपाङ्गता भएका व्यत्तिहरुलाई दिइएको जानकारी दिए ।
त्यस्तै वडा सचिव शिवहरि गजुरेलले तुलनात्मक रुपमा अन्य वडामा भन्दा विदुर ५ मा जनघनत्व अधिक भएका कारण वडामा रााष्ट्रिय परिचय पत्र बनाउनेको भिड लागेको बताए । उनले संकलक टोली आगामी शुत्रवारसम्म विवरण संकलन गर्ने समेत जानकारी दिए ।
विदुर नगरपालिका वडा नम्बर ५ मा शनिवार बेलुकासम्म झण्डै ७ सय ५० जनाले परिचयपत्रका लागि फोटो खिचाएको सचिव गजुरेलले विदुर खबरलाई जानकारी दिए ।
परिचय पत्र बनाउन नामावली संकलन गरेको ८ देखि १२ महिना पछि मात्र परिचय पत्रको कार्ड आइपुग्ने संकलनमा खटिएका संकलकले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया