दुबई पठाइदिने भन्दै ठगी गर्ने दुई जना पक्राउ
नुवाकोट । वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–१६ घर भई हाल काठमाडौंको तारकेश्चर नगरपालिका–५ बस्ने वर्ष ४० को नविन खड्का र मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ घर भइ तारकेश्वर–५ बस्ने वर्ष ३३ की चमेली चुहान रहेका छन् ।
उनीहरूले जगत बहादुर विष्टलाई वैदेशिक रोजगारीको लागि दुबई पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति तीन लाख रुपैयाँ लाग्छ, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक ६० हजार रुपैयाँ तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी तीन लाख रुपैयाँ मात्र रकम लिई सम्पर्कविहीन भएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मी बताए ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खड्का र चमेलीको खोजतलास गर्ने क्रममा चमेली चुहानलाई बालाजुबाट र नविनलाई नयाँबानेश्वरबाट पक्राउ उपरीक्षक रेग्मी जानकारी दिए ।
रेग्मीका अनुसार उनीहरुमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














रसुवाको टिमुरेबाट बहुविवाह मुद्दाका फरार थुनुवा पक्राउ
नाबालिकाको चरित्र हत्या गर्ने नुवाकोटका युवक पक्राउ
देशभर मनसुनी प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
बञ्चरेडाँडा फोहर व्यवस्थापनसम्बन्धी समस्या समाधान गर्न छलफल
बागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्रीले लिए शपथ





प्रतिक्रिया