त्रिशुलीमा टिमुरे यातायातले निर्माण गरेको विद्युतीय चार्जिङ स्टेसनको उद्घाटन
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ को त्रिशुली वसपार्कमा निर्माण गरिएको विद्युतीय चार्जिङ स्टेसनको शनिवार उद्घाटन गरिएको छ ।
टिमुरे यातायात प्रालिले निर्माण गरेको सो विद्युतीय चार्जिङ स्टेसनको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ र विदुर १ वडाध्यक्ष लेनिन रन्जितले संयुत्त रुपमा उद्घाटन गरेका हुन् । झण्डै ३० लाख रुपैयाँको लागतमा निर्माण भएको सो चार्जिङ स्टेसनको टिमुरे यातायात प्रालिले काठमाण्डौ–त्रिशुली रुटमा संचालन गरेको ई–माईक्रोको लागि निर्माण गरेको हो ।
चार्जिङ स्टेसनको उद्घाटन गर्दै विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले चार्जिङ स्टेशन सञ्चालनमा आएपछि विद्युतीय सवारीसाधन खरिद गरी चलाउने व्यवसायीलाई विदुर नगरपालिकाले प्रोत्साहन गर्नेे बताए । उनले त्रिशुली वसपार्कमा चार्जिङ स्टेसन निर्माण भएकोले वसपार्क क्षेत्रमा चहलपहल हुने समेत विश्वास व्यक्त गरे ।
त्यस्तै कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष लेनिन रन्जितले नेपाल विद्युत प्राधिकरण र सबै पक्षको सहयोगले त्रिशुलीमा छोटो समयमै चार्जिङ स्टेसन निर्माण गर्न सकिएकोे बताए । उनले चार्जिङ स्टेसनबाट आएको मुनाफाको ३० प्रतिशत रकम वडा कार्यालय र नगरपालिकामा जम्मा हुने बताए ।
यस्तै कार्यक्रममा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले व्यवसायीहरुलाई समस्या देखिए आफु सहयोग र समन्वय गर्न तयार रहेको बताए । उनले देशभर विद्युतीय सवारीहरुको संख्या बढेपनि चार्जिङ स्टेसनहरु बन्न नसकेको बताए ।
त्यस्तै कार्यक्रममा टिमुरे यातायात प्रालिका अध्यक्ष प्रकाश जोशीले आन्तरिक रूपमा विद्युतको खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारी साधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि चार्जिङ स्टेसन निर्माण गरिएको बताए ।
नुवाकोटमै पहिलो पटक आफुहरुले निजि क्षेत्रबाट चार्जिङ स्टेसन निर्माण गरेको उनले जानकारी दिए । चार्जिङ स्टेसनमा सबै किसिमका आम उपभोत्ताले गाडी चार्ज गर्न पाउने उनले बताए । चार्ज गरेवापत प्रति युनिट सात रुपैयाँ महसुल तिर्नपर्ने बताईएको छ ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालय नुवाकोटका प्रमुख राजकुमार तिवारीले विद्युतिय सवारीमा हुने सक्ने जोखिमवारे चालक र सह–चालकलाई जानकारी गराएका थिए ।
त्यस्तै त्रिभुवन बहुमुखी क्याम्पसका अध्यक्ष नारायण श्रेष्ठ र प्रेस युनियनका केन्द्रिय सदस्य किरण अधिकारीले यातायात व्यवसायीहरुको पनि केही व्यहारिक समस्या बुझिदिन सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराएका थिए ।
नेपालले वर्षेनी पेट्रोल आयातमा खर्बौ रुपैयाँ व्यापार घाटा व्यहोरिरहेको छ । नेपालको नदिमा प्रशस्त पानी भएको कारण नेपालमा विद्युत बढी उत्पादन हुने र नेपालले विद्युतिय गाडी प्रयोगमा ल्याउन सके जलविद्युतले बजार पनि प्रश्स्तै पाउने हुँदा देशको अर्थतन्त्रमा ठुलो टेवा दिने विश्वास गरिएको छ ।
विद्युतिय चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा नविल बैंक बट्टारका शाखा प्रमुख श्रीराम नेपाल, कुमारी बैंक बट्टार शाखा प्रमुख उद्धव कडेल, प्राइम बैंक बट्टार शाखा प्रमुख राजु ढकाल लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया