नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नुवाकोट आउँदै
नुवाकोट । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली आगामी शनिवार नुवाकोट आउने भएका छन् ।
एमालेको समृद्धिका लागि सङ्कल्प यात्राको लागि उनी मंसिर २३ गते नुवाकोट आउने भएका हुन् । एमालेको समृद्धिका लागि सङ्कल्प यात्राका टोली शनिबार नुवाकोट जिल्ला आइपुग्ने कार्यक्रम रहेको छ ।
बैतडी जिल्लाको सिमाना झलाघाटमा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय झण्डा फहराएर सुरुवात गरेको समृद्धिका लागि सङ्कल्प यात्राको टोली दशौँ दिन गोर्खा जिल्लाको गोर्खाबजार, सल्यानटार, आरुघाट हुँदै नुवाकोट जिल्लाको सामरीभञ्ज्याङबाट प्रवेश गरेर मङ्सिर २३ गते विदर आइपुग्ने छ ।
नुवाकोटको छहरे, पाटीभञ्ज्याङ हुँदै मङ्सिर २४ गते केन्द्रीय टोली काभे जिल्लाको कुन्ताबेँसी पुग्ने कार्यक्रम रहेको छ । ०८० मङ्सिर १४ गतेबाट सुरु भएको यस सङ्कल्प यात्रामा नेकपा एमालेका अध्यक्ष एवममुलुकका पूर्वप्रधानमन्त्री आफैँले केन्द्रीय टोलीको नेतृत्व गरिरहेका छन् ।
केन्द्रीय नेताको टोलीमा यात्रा गर्ने करिब दुई सयजना रहेका छन् भने पत्येक जिल्ला र प्रदेशमा स्थानीय नेता तथा कार्यकर्ता यात्रामा सहभागी भइरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया