त्रिशुली जलविद्युतको शेयर नेप्सेमा सूचीकृत, भाेलिदेखि किनवेच गर्न सकिने

विदुर खबर २०८० मंसिर १२ गते २१:००

नुवाकोट । त्रिशुली जलविद्युतको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

Advertisement

नेप्सेले मंगलबार कम्पनीको १ करोड ८५ लाख २५ हजार कित्ता शेयर सूचीकृत गरेको हो।

शेयर सूचीकरणसँगै नेप्सेले दोस्रो बजारमा कम्पनीको शेयर कारोबारको लागि टिभिसिएल (TVCL) कारोबार संकेत प्रदान गरेको छ । नेप्सेले पहिलो कारोबारको लागि ८९ रुपैयाँ ३८ पैसादेखि २६८ रुपैयाँ १४ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

Advertisement

बुधबार यही रेञ्जमा रहेर कम्पनीको पहिलो शेयर कारोबार खुल्ने छ।

 

Advertisement

प्रतिक्रिया