विश्वकप छनौटमा नेपाल युएईसँग पराजित
विदुर खबर
२०८० मंसिर १ गते ८:५८
नुवाकोट । नेपाल २०२६ को विश्वकप छनोट अन्तर्गत युएईविरुद्धको खेलमा पराजित भएको छ ।
दुबईको अल मकटोउम स्टेडियममा सम्पन्न खेलमा युएईले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा ४ गोल खाएको थियो भने दोस्रो हाफ गोल रहित बराबरीमा सकिएको थियो ।
यसअघि नेपाल र युएईबीच सन् १९८४ मा खेल भएको थियो । १९८४ को अक्टोबर २९ मा भएको सो खेलमा नेपाल ११-० गोलले पराजित भएको थियो ।
विश्वकप छनौटमा नेपाल समुह एचमा रहेको छ । जसमा नेपालसहित बहराइन, युएई र यमन रहेका छन् । अब नेपालले विश्वकप छनौट अन्तर्गत अर्को खेल नोभेम्बर २१ मा यमनविरुद्ध हुने छ।
यो खेल काठमाडौँस्थित दशरथ रंगशालामा हुने छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया