नुवाकोटको आप्रबाट १३ क्विन्टल अवैध चिनी बरामद
नुवाकोट । नुवाकोटको पन्चकन्या गाउँपालिका वडा नम्बर २ आप्रबाट अवैध रुपमा ल्याइएको १३ क्विन्टल चिनि प्रहरीले वरामद गरेको छ ।
मंगलवार राती ९ बजेतिर ईलाका प्रहरी चौकी खरानीटारबाट गएको प्रहरीको टोलीले अवैध रुपमा ल्याइएको चिनि बरामद गरेको हो । वरामद गरिएको चिनि ५० किलोको २६ वोरा रहेको छ ।
आप्रबाट छहरेतर्फ गईरहेको गाडीमा अवैध रुपमा ल्याइएको चिनि भेटिएको खरानीटार प्रहरी चौकीका इस्पेक्टर सुरज बानियाँले जानकारी दिए । वरामद गरिएको चिनिको विल ल्याउन चालकलाई भनेपनि ल्याउन नसकेको बाँनियाले बताए ।
चिनिको विल ल्याउन चालक दिपेश मानन्धरलाई भन्यौ, तर अहिलेसम्म पनि ल्याउन सकेका छैनौ, बानियाँले विदुर खबरसँग भने, अव यो चिनि राजस्व कार्यालयलाई बुझाउँछौ ।
गाडीसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
यसैविच वरामद गरिएको चिनि र चालकलाई जिल्ला प्रहरी कार्यालय ल्याउने तयारी गरिएको छ । यस विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी समेत रहेका डिएसपी खगेन्द्र वहादुर खड्काले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया