प्रधानमन्त्रि ओलीसँग प्रचण्ड फायर, भने ”भाषण मात्रै गरेर हुन्न, काम पनि गर्नु पर्छ”

विदुर खबर २०७५ असोज ८ गते १४:४६

Advertisement

काठमाडौं ,नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पछिल्ला अभिव्यक्ति आफ्नै पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई दवाव दिन केन्द्रित छन् ।
भाषण अनुसार काम नभएको भन्दै प्रचण्डले यही स्थिति रहेमा नेपालको सिंगो कम्युनिष्ट आन्दोलनमाथि भरोसा उड्ने उनले दावी गरेका छन् ।

केही दिन पहिले धुम्बाराही स्थित नेकपा पार्टी कार्यालयमा प्रधानमन्त्री ओलीकै सामुन्नेमा सरकारको प्रफर्मेन्सप्रति असन्तोष पोखेका प्रचण्डले सोमबार चितवनमा झनै कडा अभिव्यिक्ति दिएका छन् ।प्रचण्डका पछिल्ला अभिव्यक्ति सरकारले डेलिभरी दिन नसकेकोप्रति केन्द्रित छन् ।

Advertisement

अहिले बहुमतको सरकार त्यसमाथि काम गर्न अनुकुल वातावरण हुँदा पनि केही गरेर नदेखाउने हो भने ठूला कुरा गर्नुको कुनै तुक नहुने प्रचण्डको भनाइ छ ।अहिले पनि नभए कहिले हुन्छ? भन्दै उनले सरकार र मुख्यतः प्रधानमन्त्री ओलीलाई लक्षित गरेर भाषण अनुसार काम गर्नु पर्ने बताए ।

 

Advertisement

प्रतिक्रिया