नुवाकोटमा पुनः भूकम्पको धक्का
विदुर खबर
२०८० कार्तिक ५ गते १७:५१
नुवाकोट। नुवाकोटमा पुनः भूकम्पको धक्का महसुस भएको छ । साँझ साढे ५ बजे आसपास लगातार दुईपटक धक्का महसुस भएको छ ।
आइतबार बिहान शक्तिशाली भूकम्प गएयता लगातार परकम्पहरु गइरहेका छन् ।आज बिहान ७ बजेर ३९ मिनेट जाँदा धादिङको खरी आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार त्यसयता लगातार स–साना परकम्पहरू गइरहेका छन् । आइतबार बिहान ८ बजेर ८ मिनेट जाँदा सल्यानटार केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
त्यस्तै ८ बजेर २८ मिनेट जाँदा धादिङकै डाँडागाउँ केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको थियो तथा ८ बजेर ५९ मिनेट जाँदा धादिङ नै केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ । ठुलो भूकम्प गएपछि स–साना परकम्प जानु नियमित प्रक्रिया भएको जनाएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया