गाजाको अस्पतालमा रकेट आक्रमणमा ५ सयको मृत्यु
एजेन्सी । प्यालेस्टिनी क्षेत्र गाजामा रहेको अल अहली अस्पतालमा मंगलबार भएको रकेट आक्रमणमा ५०० जनाको मृत्यु भएको छ ।
अस्पतालमा गरिएको यस प्रकारको क्रुर र अमानवीय आक्रमणको विश्वव्यापी निन्दा भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यो घटना कसले गरायो भन्नेमा इजरायल र हमास अधिकारीहरूले एकअर्कालाई दोषारोपण गरेका छन् । घटनाका बारेमा जिम्मेवारी लिन दुबै पक्षलाई निकै सकस भइरहेको छ ।
गाजा क्षेत्रमो अस्पतालमा आक्रमण भएकाले सो आक्रमणमा इजरायली सेनाको संलग्नता रहेको आशंका गरिएको छ तर घटनामा कसको सहभागिता रहेको थियो भन्ने बारेमा एकिन खुल्न नसकेको एजेन्सीहरुले जनाएका छन् । इजरायली आक्रमणबाट बच्नका लागि अस्पताललाई आश्रयस्थलका रूपमा समेत प्यालेस्टिनी नागरिहरूले प्रयोग गर्दै आएका थिए । विभिन्न सञ्चारमाध्यमसँग कुराकानी गर्दै अस्पतालमा कार्यरत एक चिकित्सकले करिब ४ हजार जनाले त्यहाँ शरण लिएको जनाएका छन् ।
प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अस्पतालमा भएको आक्रमणपछि तीन दिनको शोक घोषणा गरेका छन् । हमासले हवाई हमलालाई ‘युद्ध अपराध’ भन्दै इजरायललाई दोषी ठहर गरेको छ । इजरायलले भने हमासलाई नै दोष लगाएको छ । इजरायलले आफ्नो सेनाको संलग्नतालाई अस्वीकार गर्दै अर्को ‘आतंकवादी समूह प्यालेस्टिनी इस्लामिक जिहाद’ले प्रहार गरेको रकेट विस्फोट भएको दावी गरेको छ । गाजाको दोस्रो ठूलो लडाकु समूह प्यालेस्टिनी इस्लामिक जिहादले आफ्नो संलग्नताको आरोप ठाडै अस्वीकार गरेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा विभिन्न देश तथा नेताहरूले अस्पतालमा भएको हमलाको निन्दा गर्दै विज्ञप्ति जारी गरेका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले अस्पतालमा भएको आक्रमणको निन्दा र भत्र्सना गर्दै त्यसलाइ क्रुरताको संज्ञा दिनुभएको छ ।
उहाँले भन्नुभएको छ– ‘डब्लूएचओ अल अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दछ । हामी तत्काल सर्वसाधारणको सुरक्षा र स्वास्थ्योपचारको माग गर्छौं ।’ रेडक्रसको अन्तर्राष्ट्रिय समितिले गाजाको अल अहली अरब अस्थताल ध्वस्त भएको र सयौको ज्यान गएको घटनाले स्तब्ध र भयभीत भएको बताएको छ । उसले यस्ता क्रुर आक्रमण रोक्न आग्रह गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया