नुवाकोटको पन्चकन्यामा एक बृद्धाको खुकुरी प्रहार गरि हत्या
विदुर खबर
२०८० असोज २८ गते १७:३९
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ तीनघरेमा एक बृद्धा महिलाको हत्या भएको छ ।
हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार स्थानीय ७१ वर्षीया नुरकुमारी थापाको हत्या गरेको आरोपमा सोही वडाका २७ वर्षीय श्यामबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा एसपी सञ्जयसिंह थापाले बताए । दसैं मान्न पैसा माग्दा नदिएपछि श्यामबहादुरले नुरकुमारीको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ।

हत्याको आरोपमा पक्राउ परेका तामाङ ।
नुरकुमारीले पैसा नदिएपछि श्यामबहादुरले खुकुरीले टाउकोमा हानेको बयानमा बताएको प्रहरीले जनाएको छ । श्याम बहादुरलाई प्रहरीले शुक्रबार अदालतबाट १५ दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
प्रहरीले नुरकुमारीको शवको पोस्टमार्टम गरी आफन्तलाई बुझाइसकेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया