पाँच दिनभित्र सामाजिक सुरक्षा भत्ता वितरण गरिसक्न गाउँपालिका अध्यक्षको निर्देशन
नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले आगामी असोज २८गते आईतवार सम्ममा सामाजिक सुरक्षा वापतको रकम वितरण गरिसक्न निर्देशन दिएका छन् ।
मंगलवार गाउँपालिकाका अध्यक्ष अधिकारीले एक विज्ञप्ती जारी गर्दै आईतवार २८ गतेभित्र वृद्ध भत्ता वितरण गरिसक्न निर्देशन दिएका हुन् ।
अध्यक्ष अधिकारीले जेष्ठ नागरिक आमा वुवाहरुलाई सहज रुपमा चाडपर्व मनाउन सजिलो होस भन्ने उदेश्यले आईतवारसम्ममा सामाजिक सुरक्षावापतको रकम उपलब्ध गराउन पञ्जीकरण शाखालाई निर्देशन दिएका हुन् ।
अध्यक्ष अधिकारीले अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम समेत सम्पन्न गर्न आग्रह गरेका छन् । उनले असोज २६, २७ र २८ गते वडा वडामा सक्रिय रूपमा खटिएर सहयोग र सहजीकरण गरिदिन वडा अध्यक्षहरूलाई समेत आग्रह गरेका छन् ।
तारकेश्वर गाउँपालिकामा अध्यक्षसँग ज्येष्ठ नागरिक कार्यक्रम अन्तर्गत गाउँपालिकाले ३÷३ महिनामा वडा वडामा कार्यक्रम गरी सामाजिक सुरक्षा भत्ता वितरणसँगै ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य परीक्षण र औषधी वितरण गर्दै आएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया