साईकल र्दुघटना हुँदा नुवाकोटमा एक जनाको ज्यान गयो
विदुर खबर
२०८० असोज २२ गते १७:४७

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ७ साहुगाउँमा साईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विदुर ७ साहुगाउँका ६० वर्षिय दक्षमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सोमवार दिउँसो १२ बजेतरि आफैले चलाएको साईकल ओरोलोमा अनियन्त्रित हुँदा तामाङ सडकबाट ५ मिटर तल खसेर गम्भीर घाईते भएका थिए ।
गम्भीर घाइते भएका तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सुचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिए ।
घटनाको विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टम पछि परिवारलाई बुझाइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया