सुन चोरेको आरोपमा नुवाकोटका विक पक्राउ
नुवाकोट । सुन किन्ने बहानामा विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा नुवाकोटका एकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगर–१६ नयाँ बजार बस्ने ३६ वर्षीय बिरेन्द्र विक रहेको प्रहरीले जनाएको छ । उनीसँगै तारकेश्वर नगरपालिका–९ घर भई हाल काठमाडौंको ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर–४ पुरानो गुहेश्वरीका २२ वर्षीय सुमन पुतुवार, र भारतको महाराष्ट्र घर भई हाल काठमाडौं महानगर–१६ माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे समेत पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरूले काठमाडौं उपत्यकाको ७ भन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई गरगहना किन्ने बहाना बनाइ चोरी गरी फरार हुने गरेको घटना अनुसन्धानबाट खुलेको प्रहरीको आरोप छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया