सुन चोरेको आरोपमा नुवाकोटका विक पक्राउ

नुवाकोट । सुन किन्ने बहानामा विभिन्न सुन पसलमा गरगहना चोरी गरेको आरोपमा नुवाकोटका एकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगर–१६ नयाँ बजार बस्ने ३६ वर्षीय बिरेन्द्र विक रहेको प्रहरीले जनाएको छ । उनीसँगै तारकेश्वर नगरपालिका–९ घर भई हाल काठमाडौंको ढुंगेधारा बस्ने ३३ वर्षीया रत्न महर्जन, तारकेश्वर–४ पुरानो गुहेश्वरीका २२ वर्षीय सुमन पुतुवार, र भारतको महाराष्ट्र घर भई हाल काठमाडौं महानगर–१६ माछापोखरी बस्ने ३७ वर्षीय हनुमन्त फाँडे समेत पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको प्रहरीले जनाएको छ ।
उनीहरूले काठमाडौं उपत्यकाको ७ भन्दा बढी स्थानहरूमा स्कुटरको प्रयोग गरी सुन पसलमा गई गरगहना किन्ने बहाना बनाइ चोरी गरी फरार हुने गरेको घटना अनुसन्धानबाट खुलेको प्रहरीको आरोप छ ।
प्रतिक्रिया