शिक्षा दिवसको अवसरमा नौ सय ६२ जना नेपाल विद्याभूषणबाट विभूषित
विदुर खबर
२०८० असोज २ गते १२:१६
नुवाकोट । शिक्षा दिवसको अवसर पारेर सरकारले नौ सय ६२ जनालाई नेपाल विद्याभूषणबाट विभूषित गरेको छ।
दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण प्रदान गरेको हो। राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याउने ९ सय ६२ जनालाई विद्या भूषणबाट विभूषित गरेको शिक्षा मन्त्रालयले जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विभूषित हुनेहरूको नामवली प्रकाशन गरेको छ। विभूषित हुनेहरूमा नेपाल विद्या भूषण (क) तर्फ ७ सय ९० जना, नेपाल विद्याभूषण (ख)तर्फ ७१, नेपाल विद्याभूषण (ग) तर्फ ४४ जना, नेपाल छात्रा विद्यापदक (क)तर्फ २८ जना, नेपाल छात्रा विद्यापदक (ख)तर्फ १८ जना र नेपाल प्रविधि विद्या भूषण तर्फ ११ जना गरी कुल ९ सय ६२ जनालाई विभूषित गरेको मन्त्रालयद्वारा प्रकाशित सुचनामा उल्लेख गरेको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु
रसुवामा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाइते
बझाङ केन्द्रबिन्दु भएर भूकम्प
आज तिहारको मुख्य दिन भाइटीका : टीकाको उत्तम साइत बिहान ११ः३९ बजे
बागमती सरकारले तीन महिनामा ७ अर्ब ६४ करोड राजस्व सङ्कलन





प्रतिक्रिया