नुवाकोटमा विष सेवन गर्दा एक युवकको ज्यान गयो
विदुर खबर
२०८० भदौ २८ गते १७:३०

नुवाकोट । नुवाकोटमा विष सेवन गर्दा एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १३ हर्कपुरका २६ वर्षिय सुवास न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घरबाट हिजोदेखि वेपत्ता भएका उनको खोजी गर्ने क्रममा विदुर ७ को अधेरी खोलामा उनी चढ्ने मोटरसाईकल भेटिएको थियो । खोजी गर्ने क्रममा उनलाई विदुर नगरपालिकाको साउगाउँ पाण्डे थुम्का सामुदायिक वनमा अर्धचेत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
उपचारको लागि त्रिशुली अस्पताल ल्याएपनि उनलाई चिकित्सकले मृत घोषित गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव पोष्टर्माटमको लागि त्रिशुली अस्पतालमा राखिएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया