नुवाकोटमा विष सेवन गर्दा एक युवकको ज्यान गयो
विदुर खबर
२०८० भदौ २८ गते १७:३०

नुवाकोट । नुवाकोटमा विष सेवन गर्दा एक युवकको ज्यान गएको छ ।
मृत्यु हुनेमा विदुर नगरपालिका वडा नम्बर १३ हर्कपुरका २६ वर्षिय सुवास न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घरबाट हिजोदेखि वेपत्ता भएका उनको खोजी गर्ने क्रममा विदुर ७ को अधेरी खोलामा उनी चढ्ने मोटरसाईकल भेटिएको थियो । खोजी गर्ने क्रममा उनलाई विदुर नगरपालिकाको साउगाउँ पाण्डे थुम्का सामुदायिक वनमा अर्धचेत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
उपचारको लागि त्रिशुली अस्पताल ल्याएपनि उनलाई चिकित्सकले मृत घोषित गरेका छन् । घटनाको विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
उनको शव पोष्टर्माटमको लागि त्रिशुली अस्पतालमा राखिएको छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया