नुवाकोटको विदुरबाट वडाध्यक्ष परस्त्रीसहित रंगेहात पक्राउ
विदुर खबर
२०८० भदौ २४ गते २०:३४

नुवाकोट । नुवाकोट को म्यागङ गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष हरीबहादुर तामाङ परस्त्रीसहित होटलबाट रंगेहात पक्राउ परेका छन ।
विदुर नगरपालिका वडा नम्बर २ को एक होटलबाट उनी रंगेहात पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले घटना बिबरण बताउन नचाहे पनि पक्राउको भने पुष्टि गरेको छ ।
महिलाको श्रीमानको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बताएको छ । बैदेशिक रोजगारीको शिलशिलामा देशबाहिर रहेपछि वडा अध्यक्ष तामाङले ती महिलासँग समय बिताउने गरेका थिए ।
महिलाको श्रीमानको सूचनापछि प्रहरीले होटलबाटै उनीहरूलाई पक्राउ गरेको हो । तामाङ गत स्थानीय तह निर्वाचनमा ७९० मतसहित विजयी भएका थिए ।
उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले नेकपा मओवादी केन्द्रका बुद्धि बहादुर तामाङलाई पराजित गरेका थिए ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया