टोखा–छहरे सुरुङमार्गले नुवाकोटको विकास कायापलट गर्छ : अर्थमन्त्री डा. महत
नुवाकोट । अर्थमन्त्रि डा. प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्गले नुवाकोटको कायापलट गर्ने बताएका छन् ।
शनिवार नुवाकोटको विदुरमा नेपाली कांग्रेस नुवाकोटद्धारा आयोजित तिजको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्रि डा महतले टोखा–छहरे सुरुङमार्ग निर्माण भएमा काठमाण्डौ र नुवाकोटको दुरी कम मात्रै नहुने भन्दै नुवाकोटको कायापलट हुने बताए ।
उनले टोखा–छहरे सुरुङमार्गको निर्माण भएमा काठमाण्डौमा रोजगार, व्यवसाय र शिक्षाको लागि नुवाकोटबाटै आवतजावत गर्न सकिने दाबी गरे । डा ः महतले सरकारले नुवाकोटको विदुरदेखि मैलुङ हुँदै रसुवागढी सडकलाई फराकिलो बनाउने काम गरिरहेको बताए ।
उनले गल्छी–त्रिशुली–मैलुङ–रसुवागढी सडक निर्माणपछि नुवाकोटलाई व्यापारीक केन्दको रुपमा सरकारले विकसति गर्न खोजेको बताए ।
फरक प्रसंगमा अर्थमन्त्रि डा. प्रकाशशरण महतले पछिल्लो समय समाज परिवर्तनशील हुँदै गएको भन्दै विकासको अगुवाइ महिलाहरुले गर्नु पर्ने उल्लेख गरे । उनले महिलाहरु अगाडि बढेर नेतृत्व लिनुपर्ने भन्दै गाउँको विकासमा महिलाहरुले नेतृत्व लिन अग्रसर हुनुपर्ने समेत बताएका छन् ।
कार्यक्रममा बाग्मति प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुरसिंह लामाले तिज पर्वले महिला दिदिवहिनीहरुलाई भेटघाटको वातावरण निर्माण गर्नुको साथै सबैमा भावनात्मक सम्बन्ध गास्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति रमेशकुमार महतले सरकारले गरेका राम्रो कामको सबैले प्रचारप्रसार गर्नुपर्ने बताए । उनले जिल्लाको समग्र विकासमा सबैको सामुहिक प्रयास आवश्यकता रहेको उल्लेख गरे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












हिरारत्न हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
अजिंगरे माबिबाट वडा कार्यालय जोड्ने सडकको कालोपत्रे सम्पन्न
मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द





प्रतिक्रिया