नुवाकोटमा एमाले नेताको भाषण सुन्न १५ सय तिनुपर्ने
नुवाकोट । नुवाकोटमा नेकपा एमालेका नेताहरूको भाषण सुन्न कार्यकर्ताले अनिवार्य रूपमा १५ सय रूपैयाँको रसिद काट्नुपर्ने भएको छ ।
यही भदौको २१ र २२ गते नेताहरूको भाषण सुनाउन एमाले नुवाकोटले १५ सय रूपैयाँ सहभागी शुल्क तोकेको हो । प्रशिक्षणको नाम दिए पनि नेताहरूको भाषण गर्नेमात्र कार्यतालिका रहेको एक पदाधिकारीले जानकारी दिए । प्रशिक्षणका नाममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपमहासचिव विष्णु रिमाल, बागमती इन्चार्ज गुरु बराल, स्थायी कमिटी सदस्य अग्नी खरेल, पोलिटव्यूरो सदस्य अरुण नेपाल, पोलिटब्युरो सदस्य ईश्वरी रिजाल, केन्द्रीय सदस्यहरु विन्दा ढुङ्गाना, उषाकिरण तिम्सेना र प्रदेश कमिटीका अध्यक्ष केशवराज पाण्डे लगायतले सम्बोधन गर्ने तय भएको छ ।
कतिपय नेताहरूले पार्टी सदस्यता नविकरणको तीन सय तिर्न समेत नसकेका कार्यकर्ताले कहाँबाट १५ सय खोजेर नेताको भाषण सुन्नुपर्ने हो भन्दै प्रश्न गरेका छन । एमाले नुवाकोटका उपसचिव निलकण्ठ आचार्यले एक छाक खाजा र खाना खुवाउनु पर्ने भएकाले १५ सय रूपैयाँ शुल्क तोकिएको बताए । उनले उक्त पैसा व्यवस्थापनमा खर्च हुने बताए ।
त्यस्तै एमाले नुवाकोटका प्रचर विभागका सचिव समिर बलामीले यस्तो आर्थिक मन्दीको समयमा कार्यकर्ताहरूले एउटै प्रशिक्षणको नाममा ५ हजारभन्दा बढी खर्च गर्नुपर्ने परिस्थिति बन्नु दुःखद रहेको बताए । उनले सहभागी शुल्क भनेर १५ सय रूपैयाँ लिइए पनि होटलमा बस बस्ने र रातिको खानाको समेत हिसाब गर्दा ५ हजार भन्दा बढी खर्च हुने बताए ।
दुई दिने कार्यक्रममा कार्यकर्ताले १५ सय रूपैयाँ तिरे पनि बेलुकीको खाना र बासको व्यवस्था भने आफैँ गर्नुपर्ने एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले निमन्त्रणा मार्फत जानकारी दिएका छन । झण्डै दुई सय जनाको अबैध जिल्ला कमिटीका सदस्य एकै ठाउँमा राखेर गरिने प्रशिक्षणमा नेताले के सिकाउलान र कार्यकर्ताले के सुनेर के सिक्लान भन्ने प्रश्न पनि उत्तिकै टड्कारो रूपमा उठेको छ ।
एमाले नुवाकोटको अधिवेशनपछिको जिल्ला कमिटीको सूची अहिलेसम्म सार्वजनिक हुन सकेको छैन । २५० जनाले जिल्ला कमिटीमा निर्वाचित भएको भन्दै उम्मेदवारी शुल्क तिरेर सपथ खाएको भए पनि पछि केन्द्रीय र प्रदेश कमिटीले १२० सदस्यमा सीमित गरिदिएको थियो । पछि फेरि कमिटीमा ४० जनाको नाम थपिएको भनिए पनि औपचारिक रूपमा सूची भने सार्वजनिक भएको छैन । एमालेमा बैठक बैठक जस्तो नभएको र प्रशिक्षण पनि प्रशिक्षणजस्तो नभएको भन्दै नेता कार्यकर्ताले टिप्पणी गरिरहेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया