लम्पी स्किनबाट १३ लाखभन्दा बढी पशु संक्रमित
नुवाकोट । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले लम्पी स्किन नियन्त्रणका लागि तीनै तहको सरकारको समन्वयमा काम भइरहेको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको कृषि समितिमा देशभरको लम्पी स्किन रोगको अवस्थाबारे विवरण प्रस्तुत गर्दै मन्त्री भुसालले भारत र चीनबाट लम्पी स्किनविरुद्ध खोप आयातको पहल भइरहेको बताएका हुन् ।
कृषि मन्त्री भुसालले दिएको जानकारीअनुसार अहिलेसम्म १३ लाख ५ हजार ३ सय ६१ पशुमा लम्पी स्किन संक्रमण भएको छ । त्यसमध्ये उपचारपश्चात १० लाख ८२ हजार १ सय ५९ पशु निको भइसकेका छन् । त्यस्तै अहिले १ लाख ७५ हजार ५ सयभन्दा बढी पशुमा लम्पी स्किनको संक्रमण कायम रहेको पनि मन्त्री भुसालको भनाइ छ ।
त्यस्तै पछिल्लो तथ्यांकअनुसार लम्पी स्किनबाट मर्ने पशुको संख्या ४७ हजार ६ सय ४९ रहेको उनले बताए । यद्यपि पशु सेवा विभागले भने साउन १२ गतेसम्ममै लम्पीबाट मर्ने पशुको संख्या ५० हजार नाघेको बताएको थियो । मन्त्री भुसालले अहिलेसम्म १३ लाख ६९ हजार डोज खोप आयात भएको र ६ लाख ८६ हजार ४ सय ५० पशुलाई खोप लगाइसकिएको पनि बताए ।
७७ वटै जिल्लामा गाईभैंसीमा लम्पी स्किन संक्रमण पुष्टि भए पनि मनाङ र मुस्ताङमा भने पूर्ण रूपमा नियन्त्रणमा आइसकेको मन्त्री भुसालले समितिलाई जानकारी दिए । पहाडी जिल्लाहरूमा संक्रमण क्रमश: घटिरहे पनि मधेश र वाग्मती प्रदेशका केही जिल्लामा संक्रमण देखिइरहेको उनको भनाइ छ ।
लम्पी स्किन रोग नियन्त्रणका लागि पशु सेवा विभागमा लम्पी स्किन रोग नियन्त्रण कक्ष स्थापना गरिएको छ । सहसचिवको नेतृत्वमा प्रदेश र स्थानीय तहका सरोकारवालाहरूसँग समन्वय गर्न ७वटै प्रदेशमा टोली परिचालन गरिएको समेत मन्त्री भुसालले जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया