तारकेश्वर गाउँपालिकाले २ सय ६० जना शिक्षकहरुको सरुवा गर्ने

विदुर खबर २०८० साउन २७ गते २१:३७

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले शिक्षकहरुको सरुवा गर्ने भएको छ ।

Advertisement

शुक्रवार वसेको गाउँपालिकाको शिक्षा शाखाको बैठकले गाउँपालिका भित्रको विद्यालयका करिब २ सय ६० शिक्षकलाई अन्तर विद्यालय सरुवा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।

गाउँपालिकाको शिक्षा शाखाको यो निर्णय आगामी भदौ १५ गतेदेखि लागु हुने अधिकारीले जानकारी दिए । पालिका भित्रका विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गरी शैक्षिक क्षेत्रलाई थप चलायमान बनाउने उद्धेश्यले शिक्षकहरुको सरुवा गर्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले बताए ।

Advertisement

यस्तै बैठकले काजमा रहेका शिक्षकहरुको दरबन्दीसहित पदस्थापना गर्ने तथा दरबन्दी मिलान गर्ने निर्णय समेत गरेको छ । गुणस्तरीय शिक्षा पालिकाको पहिलो प्राथमिकताको विषय भएकाले सोही कुरालाई मध्यनजर गर्दै पालिकाले विभिन्न नीतिहरु अबलम्बन गरेको उनले बताए ।

गाउँपालिकाको शिक्षाको गुणस्तरमा कुनै सम्झौता हुने नदिने समेत गाउँपालिकाका अध्यक्ष अधिकारीले दाबी गरेका छन् ।

Advertisement

तारकेश्वर गाउँपालिकामा ३४ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् ।

प्रतिक्रिया