नुवाकोटका निजि विद्यालयको प्रशासनलाई ध्यानाकर्षण
नुवाकोट । निजी तथा आवाशीय विद्यालय अर्गनाइजेशन नुवाकोटले जिल्ला प्रसाशन कार्यालय नुवाकोट, शिक्षा विकास तथा समन्वय इकाई नुवाकोट र १० वटा पालिकाहरुमा ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ ।
ध्यानाकर्षण पत्रमा हाल प्रस्तावित शिक्षा ऐन संशोधन विधेयकको मस्यौदामा कम्पनि अन्तर्गत संचालित विद्यालयहरुलाई ५ बर्ष भित्र हिसाव फरफारक गरी बैक ऋण समेत चुक्ता गरी गुठीमा दर्ता गर्नु पर्ने वाध्यात्मक ब्यवस्था समावेश गरेकोले निजी विद्यालयहरु आन्दोलित हुनु परेको र प्याब्सन केन्द्रको निर्देशन प्राप्त भएपछि नुवाकोट जिल्लाका निजी विद्यालयहरु पनि अनिश्चित कालका लागि बन्द हुने जानकारी गराइएको छ ।
प्याव्सन केन्द्रवाट प्राप्त जानकारी अनुसार श्रावण २४ गते जिल्ला प्रसाशन कार्यालय, प्रदेश सरकार, शिक्षा विकास तथा समन्वय एकाई र पालिकाहरुमा ध्यानाकर्षण पत्र बुझाउने, २५ गते माइतिघर मण्डलामा मस्यौदाको विरोध गर्ने, २६ गते सरोकारवाला पक्षसँग अन्तरक्रिया गर्ने, २७ गते कार्यक्रमको समीक्षा गर्ने, उक्त मस्यौदा नसच्चिए श्रावण २८ गतेदेखि अनिश्चित कालसम्म विद्यालय बन्द गर्ने र भाद्र १ गते विद्यालयका बसहरुलाई सार्वजनिक स्थलमा पार्किङ गरि आन्दोलनलाई अझ सशक्त बनाउने जस्ता आन्दोलनका कार्यक्रमहरु प्रकाशित गरि सकेको छ ।
निजी क्षेत्रमा संचालित विद्यालयका प्रतिनिधि मुलक संगठनहरु प्याब्सन केन्द्र, एनप्याब्सन, र हिसानले संयुक्त रुपमा आन्दोलनको घोषणा गरेका हुन् । यस बाहेक नेपाल शिक्षक महासंघ, राहत शिक्षक एसोसिएसन, विद्यालय कर्मचारी परिषद र राष्ट्रिय अभिभावक संघले पनि प्रस्तावित मस्यौदामा भएका प्रावधान प्रति आपत्ति जनाउँदै आन्दोलनमा जाने बताइसकेका छन् ।
सरोकारवाला सबै पक्षको हित विपरित कुनै पक्षसँग पनि समन्वय नगरी एकपक्षिय रुपमा कसरी मस्यौदा सार्बजनिक भयो भन्ने विषयमा सरोकारवाला सबै पक्षहरु अनभिज्ञ रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवालाई स्वागत गर्न सभापति गगन जाँदा आकाश खस्दैन : केसी
देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ





प्रतिक्रिया