कांग्रेस क्षेत्रिय सभापतिका उम्मेद्धवार प्याकुरेलको राजिनामा १५ महिनापछि स्विकृत

विदुर खबर २०८० साउन २१ गते १३:३६

Advertisement

नुवाकोट । नेपाली कांग्रेस नुवाकोट क्षेत्र नम्बर २ का क्षेत्रिय सभापतिका उम्मेद्धवार मछिन्द्र नरसिंह प्याकुरेलले स्थानिय तहको निर्वाचन पश्चात नैतिकताको आधारमा नेपाली कांग्रेसको साधारण सदस्य समेत नरहने गरि दिएको राजिनामा १५ महिना पश्चात नेपाली काग्रेंस नुवाकोटले स्विकृत गरेको छ ।

यस सँगै उनले २३ वर्षको कांग्रेस सँगको सम्वन्ध ओैपचारिक रुपमा परित्याग गरेका हुन् । उनले स्थानिय तहको निर्वाचन २०७९ मा आफ्नो वडामा पार्टीका उम्मेद्धवार पराजीत भएको भन्दै नैतिकताको आधारमा २०७९ जेठ १२ गते जिल्ला कार्य समिति नुवाकोटलाई पत्र लेख्दै राजीनामा दिएका थिए ।

Advertisement

तर झण्डै एकवर्षभन्दा बढी समय बित्दा समेत उनेको राजिनामा स्विकृत हुन सकेको थिएन । आईतवार वसेको नेपाली कांग्रेस क्षेत्र नम्बर २ को विशेष आन्तरिक बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

लामो समय नेपाली कांग्रेसमा आवद्ध रहि सामाजिक काममा अविच्छिन्न लागेका प्याकुरेलले पार्टी छोडेसँगै नेपाली कांग्रेस नुवाकोटलाई गम्भीर धक्का लाग्ने निश्चित प्राय छ ।

Advertisement

नेपाल विद्यार्थी युनियन (नेविसंघ)बाट राजनिति शुरु गरेका प्याकुरेल २०६४ सालको त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसका स्ववीयु सचिव समेत हुन् ।

लोकतन्त्र प्राप्तीका लागि जिल्लामा भएका विभिन्न आन्दोलनहरुको अग्रभागमा रहेर उनले नेतृत्व प्रदान गरेका थिए । उनको राजीनामापछि उनको आगामी रणनिति के होला भन्ने चासोका साथ हेरिएको छ ।

 

प्रतिक्रिया