तारकेश्वरको भिरपानी–कुवापानी–मझुवा–भमरा सडकखण्डको स्तरोन्नति प्रक्रिया सुरु

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाले पछिल्लो समय पुर्वाधारको क्षेत्रमा विशेष ध्यान दिइरहेको छ ।
यसैक्रममा बुधवारदेखि भिरपानी–कुवापानी–मझुवा–भमरा सडकखण्डको कालोपत्रे सहितको स्तरोन्नति प्रक्रिया सुरु भएको छ ।
तारकेश्वर गाउँपालिका वडा नम्बर ६ को भिरपानी–कुवापानी–मझुवा–भमरा सडकखण्डको स्तिरोन्नति प्रक्रिया सुरु भएको गाृउँपालिकाका अध्यक्ष शिव अधिकारीले जानकारी दिए ।
आज गाउँपालिका अध्यक्ष शिव अधिकारी र उपाध्यक्ष हरि प्रसाद रिमालसँगै गाउँपालिकाको प्राविधिक टोलीले सडकको प्रारम्भिक सर्वेक्षण गरेको छ ।
बाक्लो बस्ती रहेको मझुवा र कुवापानी आसपासको क्षेत्रमा कालोपत्रे, बाँकी खण्डमा ग्रावेल र ठाउँ ठाउँमा काचवे र वाल निर्माण गरी सडक स्तरोन्नति गर्ने योजना गाउँपालिकाले बनाएको छ ।
संघीय सरकारको ७० लाख र गाउँपालिकाको ७० लाख रुपैयाँ सो सडक निर्माण हुने बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया