नुवाकोटमा भदौ २२ र २३ गते बागमती मिडिया सम्मेलन हुने
नुवाकोट । नुवाकोटमा भदौ २२ र २३ गते बागमती मिडिया सम्मेलन हुने भएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको आयोजनामा मिडिया सम्मेलन आयोजना हुन लागेको हो । महासंघ प्रदेश समितिको मंगलबार हेटौंडामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।
मिडिया सम्मेलनमा प्रदेशभर रहेका स्वरोजगारमूलक संचारमाध्यमहरुको समस्या, पत्रकार महिलाहरुका समस्या, संचार क्षेत्रका चुनौतिहरु र समस्या समाधानमा राज्यका निकायहरुको भुमिकाका सन्दर्भमा ब्यापक छलफल गरिने प्रदेश समितिका महासचिव कृष्णसारु मगरले जानकारी दिए ।
महासंघ प्रदेश अध्यक्ष शिव देबकोटाको अध्यक्षतामा बसेको बैठकले सदस्यता सुद्धिकरणका सन्दर्भमा स्थानीयस्तरमै पुगि जिल्लाको बस्तुस्थिती बुझ्ने र प्राप्त उजुरी र सिफारिसका बारेमा १५ दिन भित्र प्रतिबेदन पेश गर्न पदाधिकारीहरुको संयोजकत्वमा १० वटा कार्यदल समेत गठन गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया