मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर बलात्कार आरोपमा पक्राउ

विदुर खबर २०८० साउन १२ गते १३:५४

नुवाकोट । मध्यपहाडी लोकमार्ग आयोजनाका निर्देशक इन्जिनियर हरिकुमार पोखरेल पक्राउ परेका छन् ।

Advertisement

जबरजस्ती करणीको आरोप लागेका उनलाई शुक्रबार‍ त्रिपुरेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पोखरेलविरुद्ध उनकै घरमा काम गर्न राखिएकी युवतीले उजुरी गरेको प्रहरीले जनाएको छ । उनले आफूलाई पोखरेलले बलात्कार गरेको भन्दै सामाजिक सञ्जालमा भिडियो राखेकी थिइन् ।

Advertisement

गत असार ३१ गते टिकटकमा उनले दुईवटा भिडियो पोस्ट गरेकी थिइन् । रामेछाप घर भई हाल काठमाडौँ बस्दै आएकी २३ वर्षकी उनले आफूलाई पोखरेलले दुर्व्यवहार गरेको उल्लेख गरेकी थिइन् ।

आफू पक्राउ पर्ने डरले पोखरेलले नै पीडित महिलाविरुद्ध मुद्दा दर्ता गराएका थिए र सो मुद्दामा उच्च अदालत पाटनले पोखरेललाई नपक्रिन प्रहरीको नाममा निषेधाज्ञासहितको अन्तरिम आदेश जारी गरेको थियो ।

Advertisement

प्रतिक्रिया