धादिङका १२ औषधी पसल कारबाहीमा
नुवाकोट । औषधी व्यवस्था विभागले तोकेको मापदण्ड र औषधी पसल संचालन गर्दा हुनुपर्ने न्यूनतम कुराहरु पालना नगरेको भन्दै जिल्ला अनुगमन समितिले १२ मेडिकल तथा औषधी पसललाई कारबाही गरेको छ ।
अनुगमन टोलीले नीलकण्ठ, गजुरी र गल्छीमा मापदण्ड विपरित संचालनमा रहेका १२ वटा औषधी पसलहरुलाई जरिवाना तिराई कार्वाही गरेको हो । गल्छीमा संचालन गरेको स्मारिका फार्मेसीलाई जिल्ला अनुगमन समितिले रु ५० हजार जरिवाना तिराएको छ । यो यसवर्षको सबैभन्दा धेरै जरिवाना रकम हो ।
साधारणतया मेडिकलहरुलाई जिल्ला अनुगमन समितिले अनुगमन गर्ने गरेको थिएन । यसपटक गल्छी गाउँ पालिका क्षेत्रका केही मेडिकलहरुलाई जानकारी दिएर अनुगमन गरिएको जरिवानामा परेका मेडिकलहरुले आरोप लगाएका छन् ।
अनुगमनको समयमा केहि मेडिकलहरु बन्द गरेर संचालकहरु पसल छाडेको कारबाहिमा परेकाहरुले बताएका छन् । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग,लगायतका प्रतिनिधि सहभागी थिए ।
नियम विपरीत सञ्चालनमा रहेका र म्याद गुज्रिएका सामाग्री राखेका १२ वटा औषधि पसललाई १ लाख ४० हजार जरिवाना सहित कारबाही गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया