संसदीय दलको नेता बदल्न लागेकै छु : थापा

विदुर खबर २०८० साउन ८ गते १८:५२

नुवाकोट । कांग्रेस संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको महामन्त्री गगनकुमार थापाले बताएका छन् ।

Advertisement

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले संसदीय दलको नेता बदल्न लागेको र सकेमा बदल्ने बताएका छन् ।केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्ने क्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापाले गाह्रो भए पनि संसदीय दलको नेता बदल्न लागेको बताए ।

संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि थापाले सभापति तथा संसदीय दलका नेता देउवानिकटका नेताहरूलाई आग्रह गरेका छन् । ‘मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्विकार्छु,’ उनले भने ।

Advertisement

सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उनी निकट नेताहरूले भने प्रश्न गर्न लागेको थापाले बताए । ‘सभापतिले आफू फेर्दै गरेकाले यसले प्रयास गर्छ भन्ने लागेको छ । अरुले कति चिन्ता गर्नुभएको हो ?,’ उनले प्रश्न गरे ।

संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने थापाले बताए । उनले सांसदहरूको मत पाउने कुरा गाह्रो भएको बताए । मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुनेथियो तर सांसदको मत पाउन झन् गाह्रो हुने बताए । गाह्रो काम भनेर संसदीय दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि नहट्ने उनको भनाइ थियो ।

Advertisement

प्रतिक्रिया