संसदीय दलको नेता बदल्न लागेकै छु : थापा
नुवाकोट । कांग्रेस संसदीय दलको नेता बदल्नका लागि आफू लागिरहेको महामन्त्री गगनकुमार थापाले बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले संसदीय दलको नेता बदल्न लागेको र सकेमा बदल्ने बताएका छन् ।केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा बोल्ने क्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका महामन्त्री थापाले गाह्रो भए पनि संसदीय दलको नेता बदल्न लागेको बताए ।
संसदीय दलको नेता फेर्न किन लागेको भन्ने प्रश्न नगर्न पनि थापाले सभापति तथा संसदीय दलका नेता देउवानिकटका नेताहरूलाई आग्रह गरेका छन् । ‘मैले पार्टी फुटाउने कुरा गरेको हो र ? मैले त दलको नेता फेर्ने कुरा गरेको हो । म बदल्न लागिरहेको छु, सके बदल्छु नसके चुप लागेर स्विकार्छु,’ उनले भने ।
सभापति तथा दलका नेता देउवालाई संसदीय दलको नेता फेर्ने कुरा नौलो नरहे पनि उनी निकट नेताहरूले भने प्रश्न गर्न लागेको थापाले बताए । ‘सभापतिले आफू फेर्दै गरेकाले यसले प्रयास गर्छ भन्ने लागेको छ । अरुले कति चिन्ता गर्नुभएको हो ?,’ उनले प्रश्न गरे ।
संसदीय दलको नेता फेर्ने प्रयास गरिरहने थापाले बताए । उनले सांसदहरूको मत पाउने कुरा गाह्रो भएको बताए । मतदाताको बीचमा भोटिङ भए अर्कै कुरा हुनेथियो तर सांसदको मत पाउन झन् गाह्रो हुने बताए । गाह्रो काम भनेर संसदीय दलको नेता परिवर्तन गर्ने अभियानबाट पछि नहट्ने उनको भनाइ थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
आज वैशाख कृष्ण औँसी, आमाको मुख हेर्ने दिन
नुवाकोटको दुप्चेश्वरमा वैशाख १८ गते ग्लानको राष्ट्रिय सम्मेलन हुने
हेटौंडामा घरमै पुगेर दिइयो राहदानी
प्रधानमन्त्रीलाई मुख्यमन्त्री बानियाँको सुझाव, गाँजा खुला गरौं





प्रतिक्रिया