आगामी तीन दिनसम्म कम पानी पर्ने

विदुर खबर २०८० साउन ३ गते ११:५६

नुवाकोट । आगामी तीन दिन नेपालमा भारी वर्षाको सम्भावना कम देखिएको छ।

Advertisement

जल जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो।

मौसमको न्यूनचापीय रेखा जति तल सर्‍यो पानी पर्ने सम्भावना उति नै कम रहन्छ। माथी सर्‍यो भने धेरै पानी पर्छ।

Advertisement

अहिले न्यूनचापीय रेखा सरदर स्थानभन्दा तल अर्थात्  नेपालभन्दा केही टाढा पर्छ। त्यसकारण भारी वर्षाको सम्भावना कम देखिएको हो। तर, हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ।

अहिले पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

Advertisement

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भू-भागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया