भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले नागढुंगा-सिस्नेखोलाको अनुगमन गरे

विदुर खबर २०८० साउन २ गते १३:४०

धादिङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुंगा सिस्नेखोला) सुरुङमार्गको अनुगमन गरेको छ।

Advertisement

भौतिक पुर्वाधार तथा यातायात राज्य मन्त्री नन्दा चपाइ, प्रतिनिधिसभा सदस्य राजेन्द्र प्रसाद पाण्डे, पुर्वमन्त्री गंगालाल तुलाधर, सडक बिभाग र विश्व बैंकका उच्च अधिकारीहरुको टोलीले निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गभित्रै छिरेर निरीक्षण गरेका हुन् ।

निरीक्षणको क्रममा मन्त्री ज्वालाले थपिएको समयसिमाभित्र काम सक्न निर्माण कम्पनीलाई निर्देशन दिए । निर्माण प्रक्रियामा कुनै व्यवहारिक जटिलता उत्पन्न भए सरकारले सहजीकरण गरिदिने बताए । अनुगमनमा धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र उपमेयर सुरज उप्रेती पनि सहभागी थिए ।

Advertisement

मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन्। सुरुङमार्गको मुख्य टनेल करिव ४ सय मिटर र रेस्क्यु टनेल करिव ३५ मिटर खन्न बाँकी रहेको नाैविसे नागढुङ्गा सुरुङ निर्माण आयाेजनाले जानकारी दिए । अबको केहिमहिनामा रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी छ।

आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्र रूपमा अघि बढाइएको उनले बताए । सुरुङमार्गको ०७६ कात्तिकमा शिलान्यास गरिएको थियो। यसको लम्बाइ २.६८ किलोमिटर छ । यहाँ नौ मिटर चौडाइको मुख्य टर्नेल र चार मिटर  चौडाईको रेस्क्यु टर्नेल गरी दुई सुरुङ निर्माण भइरहेका छन्।

Advertisement

कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि १४ महिना थपिएको हो । थपिएको समय अनुसार २०८१ सालको असोजसम्ममा सम्पुर्ण काम सकेर सुरुङ्ग मार्गमा सवारी संचालन ल्याउन सकिनेछ ।

 

प्रतिक्रिया