घिमिरेको जन्मदिनमा बृद्धबृद्धाहरुलाई लौरो उपहार

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नम्बर १ कात्तिकेका समाजसेवी सुदिप घिमिरेले आफ्नो जन्मदिनको अवसर पारेर बृद्धबृद्धाहरुलाई लौरो उपहार दिएका छन् ।
आफ्नो २८ औ जन्मदिनको अवसर पारेर घिमिरेले विदुर नगरपालिकाका ५३ जना बृद्धबृद्धाहरुलाई साहाराको लागि (मेटल फोल्डिङ स्टीक) लौरो एक÷एक सेट वितरण गरेका हुन् ।
घिमिरेले बृद्धबृद्धाहरुको लागि बुढेसकालको साहारा लौरो बनोस् भन्ने हेतुले आफ्नै व्यत्तिगत खर्चमा लौरो वितरण गरेको जानकारी दिए । सुलभ फार्मेसी बट्टारमा एक कार्यक्रमको आयोजना गरि घिमिरेले लौरो वितरण गरेका हुन् ।
उनले आगामी दिनमा पनि गरिव असहाय तथा बृद्धबृद्धाहरुको लागि सामाजिक काममा सक्रिय रहने घिमिरेले प्रतिबद्धता व्यक्त गरे । घिमिरे लामो समयदेखि व्यवसाय सँगसँगै समाजसेवामा लागि परेका छन् ।
उनले कोरोना कहरमा विरामीहरुलाई निशुल्क अक्सिजन वितरण गर्नुको साथै विभिन्न स्थानमा स्वास्थ्य शिविर समेत आफ्नै व्यत्तिगत खर्चमा गर्दै आइरहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया